गोदावरी होटल व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीले सपथ ग्रहण गरे

अत्तरिया : गोदावरी होटल व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण गरिएको छ ।

शनिबार एक कार्यक्रमका बीच निर्वाचन संयोजक देव राज भट्टले नवनिर्वाचित पदाधिकारीलाई सपथ ग्रहण गराएका हुन ।

असोज २० गते सम्पन्न संघको छैठौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट लक्ष्मण धामीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो ।

सपथ ग्रहण कार्यक्रममा संघकी निवर्तमान अध्यक्ष धना चोखालले नवनिर्वाचित अध्यक्षलाई कार्यभार हस्तान्तरण गर्दै बधाई तथा शुभकामना व्यक्त गरेकी थिइन ।

उनले गोदावरी होटल व्यवसायी संघलाई निकै सघर्ष गरेर हालको अवस्थामा पु–याइएको बताउँदै आगामी दिनमा अझै होटल व्यवसायी संघ सवल बन्दै जाने विश्वास व्यक्त गरीन् ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष धामीले आगामी दिनमा होटल व्यवसायी संघलाई अझै व्यवस्थीत बनाउँदै लगिने बताए । ‘होटल व्यवसाय सम्मानीत व्यवसाय हो ।

यस क्षेत्रमा भएका विकृती हटाउन संघले आगामी दिनमा थप काम गर्ने छ’ उनले भने ‘आगामी दिनमा सामाजिक व्यक्तित्वहरु संग सरसल्लाह लिएर अगाडी बढ्ने छौ ।’

संघका महासचिवमा रविन्द्र खड्काले संचालन गरेको सपथ ग्रहण कार्यक्रममा संघका सल्लाहकार डा. डम्बर पाल, लिला बास्कोटा लगायत संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

गोदावरी होटल व्यवसायी संघ २०७५ सालमा स्थापना गरिएको थियो ।

Loading...