डडेल्धुरामा टिप्पर दुर्घटना हुदा २ जनाको ज्यान गयो

धनगढी : डडेल्धुरामा टिप्पर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

जिल्लाको नवदुर्गा गाउँपालिका-४ सिरोडको भित्री सडकमा बागमती प्रदेश ०१-००१ क ९६५१ नम्बरको टिप्पर दुर्घटना हुदा २ जनाको मृत्यु भएको हो ।

टिप्पर दुर्घटनामा चालक धादिङको गजुरी गाउँपालिका-७ं का ४० वर्षीय धिरज थापामगर र अपरेटर रोडाङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको छ । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

धादिङको रोडाङ गाउँपालिकाका ३१ वर्षीय सुदिप विक र डडेल्धुराको नवदुर्ग गाउँपालिका-४ का २८ वर्षीय हिक्मत विक घाइते भएका छन् । उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार हुँदैछ ।

बेलापुरबाट सिरुडा रामजाने कन्ट्रक्सनको क्याम्प जाँदै गरेको टिप्पर शनिवार राति साढे १० बजे दुर्घटना भएको हो । टिप्पर सडकबाट २५० मिटर थल खसेको प्रहरीले बताएको छ ।

Loading...