कञ्चनपुरबाट लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

अत्तरिया : कञ्चनपुरबाट लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ५ का २० वर्षीय पंकज चन्द शनिवार पक्राउ परेका हुन्।

जिल्ला अदालत कञ्चनपुरले चन्दलाई गत वैशाख २१ गते एक महिना २८ दिन कैद सजाय सुनाएको थियो। उनी वैशाखदेखि फरारको सूचीमा रहेका थिए।

उनलाई शनिवार बिहान प्रहरीले घरबाटै नियन्त्रणमा लिएको हो।

Deep Jyoti Pustak psl
Loading...