अत्तरिया : उद्यम विकास सहजकर्ता संघ कैलालीको अध्यक्षमा पुनः नरेश साउँद चयन भएका छन । शनिबार सम्पन्न संघको अधिवेशनले साउँदलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनले साउँदको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा शोभा सुनार, सचिवमा दशरथ प्रसाद जोशी, सहसचिवमा अन्जु चौधरी र कोषाध्यक्षमा सुस्मिता चौधरी रहेका छन ।
यसैगरी समितिको सदस्यहरुमा अरुण चौधरी र कल्पना भण्डारी चयन भएका छन ।शनिबार जिल्ला अध्यक्ष साउँदको सभापतित्वमा संघको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको थियो ।
सभाका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश सिँह धामी रहेका थिए भने विशिष्ठ अतिथिमा धनगढी उपमहानगरपालिकाकी उपप्रमुख नन्दकला राना रहेकी थिईन ।
सभामा सिटीइभिटीका सुदूरपश्चिम प्रदेश कार्यालयका प्राविधिक अधिकृत त्रिभुवन चौधरी, उद्यम विकास सहजकर्ता महासंघका सल्लाहकार सुजित राज शर्मा, सेती प्रादेशीक अस्पतालका अध्यक्ष निर्मल शाह लगायतका सहभागीता रहेको थियो ।
