अत्तरिया : कैलालीको अत्तरियामा रहेको थ्रिडिभिएल क्रियसनको अध्यक्षमा एलआर ओझा चयन भएका छन् । आईतबार भएको क्रियसनको दोस्रो साधारण सभाबाट उनी अध्यक्षमा चयन भएका हुन् ।
ओझाको अध्यक्षतामा ९ सदस्सीय नयाँ कार्यसमिति चयन गरिएको छ । संस्थाको उपाध्यक्षमा सुलभ धामी, सचीवमा क्षितिज साउद, सह–सचिबमा आकाश खड्का, कोषाध्यक्षमा डबल साउद चयन भएका छन ।
यस्तै सदस्यहरूमा धनसरा भण्डारी, चित्र शाहु, राजेश ओझा, तपराज भण्डारी चयन भएका छन् ।
