भिरबाट लडेर दार्चुलामा एक पुरुष घाइते By रेडियाे अत्तरिया On २०८१ जेष्ठ ३, बिहीबार ०५:५७ दार्चुला : दार्चुलामा भिरबाट लडेर एक पुरुष घाइते भएका छन्। जिल्लाको लेकम गाउँपालिका–१ खेतालीका ५५ वर्षीय मदनसिँह बोहरा मंगलवार भिरबाट लडेर घाइते भएका हुन्। उनको धनगढीमा रहेको निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।