दार्चुलामा भिरबाट खसेको ढुङ्गा लागेर एक महिलाको मृत्यु

दार्चुला : दार्चुलामा भिरबाट खसेको ढुङ्गा लागेर एक महिलाको मृत्यु भएको छ। दुहुँ गाउँपालिका–१ बाच्पालीका दिलिप सिंह महरको श्रीमती ५० वर्षीया जयमती महरको आइतवार मृत्युु भएको हो।

Godawari_Badhi

घरदेखि अन्दाजी ५०० मिटर टाढा रातापोड भन्ने स्थानमा आईतबार दिउँसो घाँस काट्ने क्रममा भिर माथिबाट ढुङ्गा खसेर टाउकोमा चोट लाग्दा जयमती गम्भिर घाइते भएकी प्रहरीले बताएको छ ।

घाइते जयमतीको जिल्ला अस्पताल दार्चुलामा उपचारकै क्रममा आइतवार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Dhn Upamahanagarpalika_Badhi
Loading...