बैतडी घर भएका एक सैनिक जवानको धनुषामा मृत्यु

अत्तरिया  : बैतडी घर भएका एक सैनिक जवानको मृत्यु भएको छ ।

आइतबार बिहान धनुषाको लालगढ र महोत्तरी बर्दिवासको बीचमा रहेको रातु खोलको पुलबाट हाम फाल्दा उनको मृत्यु भएको बताइएको छ।

तर परिवारले भने हाम फालेको हुन नसक्ने बताएका छन् । मृत्यु हुनेमा बैतडी घर भइ धनुषाको धारापानीस्थित ब्यारेकमा कार्यरत सैनिक जवान विक्रम सिँह बोहरा रहेका छन्।

घटना बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...