गायक तथा पत्रकार पालीको डेउडा गीत ‘धन्य मायाजाल’ सार्वजनिक (भिडियो सहित)

डोटी : डेउडा गीत ‘धन्य मायाजाल’ को अडियो तथा भिडियो सार्वजनिक भएको छ । २०७५ सालमा रेकर्ड भएको मौलिक डेउडा गीत ‘धन्य मायाजाल’ को अडियो तथा भिडियो आइतबार सार्वजनिक भएको हो । बहुमुखी प्रतिभाका धनी गायक तथा पत्रकार झलक पाली ‘झरना’ र अम्बीका राई ‘अन्जु’ को स्वरमा सजिएको उक्त गीत करिब ५ वर्ष लामो प्रतिक्षापछि सार्वजनिक भएको हो ।

नजर मिडिया प्रा.लि.को प्रस्तुतीमा भीम बिष्ट/अछामी रेखा युटुब च्यानलबाट गीत सार्वजनिक गरिएको छ । मालश्री स्टुडियोमा रेकर्ड गरिएको गीतमा शब्द/सँगीत झलक पाली ‘झरना’को रहेको छ भने एरेञ्ज बिनोद बाजुरालीले गरेका हुन् । त्यस्तै रेकर्डिङ्ग बिमल छिनालले गरेका हुन् भने अडियो मिक्सिङ्ग तथा मास्टरिङ्ग खडक बाजुरालीले गरेका हुन् ।

सिर्जनामा मौलिकता, भावमा प्रेमिलता रहेको सो डेउडा गीतको भिडियोमा भीम बिष्ट/अछामी रेखाले निर्देशन गरेका छन् भने झरना बोहरा, झलक पाली ‘झरना’, अम्बीका राई ‘अन्जु’ र खडक मल्लले अभिनय गरेका छन् । कैलालीको धनगढीमा रहेको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र शिवपुरी धाम र डोटीको जोरायल गाउँपालिका १ तिलाचौडमा गीतको छायाङ्कन अमृत उपाध्यायले गरेका हुन् ।

Godawari_Badhi

भिडियो सम्पादन तथा रङ्ग संयोजन महेन्द्र बिष्टले गरेका छन् भने मेकअप निशा बोहराले गरेकी हुन् । गीतको प्रवर्द्धकमा कैलालीको धनगढी, तारानगरमा रहेको अत्री गारमेन्ट उद्योग र डोटीको जोरायल १ तिलाचौडमा रहेको मल्ल तरकारी फर्म रहेका छन् ।

कलाकार झलक पाली ‘झरना’ ले के मान्नी है सौंराई, खोली गोगनको, जवानीको जोश, ज्योती जुनको, धुम मच्चाउछु, वन जङ्गल जोगाऔं लगायतका डेउडा, लोक गीत र डिजे प्याटर्नका गीति सिर्जना श्रोतामाझ पस्किसकेका छन् ।

सुदूरपश्चिम साँस्कृतिक समाजका अध्यक्ष रहेका पाली राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेशका पुर्व सदस्य पनि हुन् । पेशागत रूपमा नजर मिडिया प्रा.लि.डोटीका संचालक पाली नजर अनलाइनका प्रधान सम्पादक हुन् भने सुदूर खबरका लागि डोटी संवाददाता पनि हुन् ।

भिडियो हेर्नुहोस् ।

Dhn Upamahanagarpalika_Badhi
Loading...