लोटस स्कुलका बिद्यार्थीले गरे अत्तरिया बजारमा सरसफाई 

अत्तरिया : कैलालीको अत्तरियामा रहेको लोटस आई अंग्रेजी माध्यमिक बिद्यालयका बिद्यार्थीहरुले बजारमा सरसफाई गरेका छन्।

आज शुक्रबारका दिन कक्षा १० का विद्यार्थी र शिक्षकहरुले अत्तरिया बजारमा सरसफाई गरेका हुन् ।

अत्तरिया स्थित महेन्द्रनगररोड देखि बसपार्कसम्म सरसफाई गरिएको बिद्यालयका शिक्षक दिपक बलायरले बताए ।

उनले बजारमा नगरपालिकाले सरसफाई गरेतापनि जथाभावि फोहर फालेको देखिएकाले बजार स्वच्छ र सफा राख्न लोटस स्कुलले सरसफाई गरेको बताएका छन् ।

Loading...