परशुरामकी बेलुदेबि ५ बर्षदेखि पत्थरी रोगले ग्रसित, आर्थिक अभाव हुदा उपचारमा समस्या

अत्तरिया : डडेल्धुराकी बेलुदेबी साउँद विगत ५ वर्षदेखी पित्तथैलीको पत्थरी रोगबाट ग्रसित रहेकी छन् ।

जिल्लाको परशुराम नगरपालिका – ५ घर भइ हाल आफ्नो छोरीको घर परशुराम – ४ कटालमा बस्दै आएकी ६१ वर्षिय बेलुदेबी पत्थरी रोगबाट ग्रसित भएकी हुन् । घरमा कोहि नहुदा उनको उपचारमा समस्या भएको हो । आर्थिक अवस्था कमजोर रहेकी बेलुदेबीका घरमा कोहि छैनन् । उनि उपचारको लागि पटक – पटक अस्पतालमा गएको बताउछिन् ।

“म आफै धेरै पटक अस्पताल पुगे,पत्थरीको औषधी खादैछुु बेलु देबीले भनिन, औषधी खाएपछि थोरै हदसम्म निको पार्छ तर पछि उत्तीकै समस्या उत्पन्न भएर पिडा भईरहेको छ। अस्पतालमा डाक्टरले औषधि मात्रै खाएर निको नहुने भएकाले अपरेसन गर्न सल्लाह दिएको उनले बताइन् । तर आर्थिक अभावका कारण उनले पत्थरीको अपरेसन गर्न सकेकी छैन्न, “अस्पतालबाट पत्थरीको अपरेसन गर्नुपर्छ भनेर धेरै पटक मिति पनी दिइएको थियो तर आर्थिक अभाव र साथमा आउने मान्छे नपाउदा उपचार गर्न सकिएन” उनले भनिन ।

बिहिबार उनले एकजना आफन्त साथमा लिएर सहयोग माग्दै कैलालीको अत्तरियामा रहेको रेडियो अत्तरियाको कार्यालयमा पुगिन् । रेडियोका सञ्चारकर्मी श्याम बोहराले उनको सहयोगका लागि सामाजिक सञ्जाल मार्फत अपिल गरिरहेका छन् ।

Loading...