कैलालीमा खैरो हेरोईनसहित कञ्चनपुरका एक युवक पक्राउ

अत्तरिया :  कैलालीमा खैरो हेरोईनसहित कञ्चनपुरका जोगराज राना पक्राउ परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका–१३ श्रीलंकाबाट ५० मिलिग्राम लागूऔषध खैरोहेरोईनसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ का ३२ वर्षीय राना आइतवार दिउँसो पक्राउ परेका हुन्।

कैलालीबाट खटिईएको प्रहरी टोलीले चेकजाँच गर्दा रानाको साथबाट खैरो हेरोईन फेला पारी पक्राउ गरेको बताएको छ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Dhangadhi 2081
Loading...