अत्तरिया : कैलालीको अत्तरियामा एसइई फुटबल कप २०८१ सुरु भएको छ । त्रिनयन नेपाल र मानाङ्क फाउन्डेसन नेपालको आयोजना तथा अत्तरिया टेक्निकल कलेजको सह आयोजनामा आजदेखी प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका प्रवत्ता तथा वडा नम्बर १ का वडाध्यक्ष गोपाल दत्त भट्टले उद्घाटन गरेका छन् । आजबाट शुरु भएको प्रतियोगिता यही जेठ १५ गतेसम्म सञ्चालन हुने भएको छ ।
उक्त प्रतियोगितामा २२ वटा टिमको सहभागिता रहेको आयोजक त्रिनयन नेपालका अध्यक्ष जय बहादुर धामीले बताए । उनले समयको सही सदुपयोग गराउन युवाहरूलाई कुलतबाट जोगाउन, स्थानीय स्तरमा रहेका खेलप्रेमि युवाहरूलाई प्रोत्साहनका साथै उनीहरूको व्यक्तित्व विकास, नेतृत्व विकास गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उनले एसईई पश्चातको समयमा अगाडी जान युवापुस्ताहरुले त्यो बिचको अवधीमा केही सकारात्मक कुराहरु सिक्न पाउन भन्ने उद्देश्य पनि प्रतियोगिता संचालन गरेको बताए ।
प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार ३०, द्धितिय पुरस्कार २० हजार २० र उत्कृष्ट गोलकर्ता र गोलकिपरलाई ३÷३ हजारका दरले पुरस्कार दिइने जनाइएको छ । प्रतियोगिता आयोजनाका लागि एभरेष्ट एकेडेमी, डिएमसी होटेल म्यानेजमेन्ट लगायतका विभिन्न संघसस्थाहरु सँग सहकार्य गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता गोदावरी नगरपालिका-२ मा रहेको बनदेव युवा क्लबको खेल मैदानमा सञ्चालन भईरहेको छ ।

