धनगढी उपमहानगरपालिकाले ढूवानीका साधन भाडामा दिने

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले आफुसँग भएका मेसिनरी एवं ढूवानीका साधन भाडामा दिने निर्णय गरेको छ ।

उपमहानगरपालिकाको स्वामित्वमा रहेका मेसिनरी तथा ढूवानीका साधन भाडामा दिने निर्णय भएको हो ।

दैनिक र प्रतिघण्टा भाडा दर नै तोकेर कुनै व्यक्ति एवं संघसंस्थाले लिन चाहेमा उपलब्ध गराउने भन्दै उपमहानगरपालिकाले सूचना नै जारी गरेको छ ।

इन्धनबाहेक टिपर प्रतिदिन पाँच हजार, भ्याकु लोडर प्रति घण्टा एक हजार एक सय ५० र पानी टंकी प्रतिघण्टा पाँच सयमा भाडामा दिने निर्णय गरिएको छ ।

Loading...