यू–१९ साफ च्याम्पियनसिप : उपाधिका लागि आज भारत र पाकिस्तान खेल्दै

काठमाण्डाै : १९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज भारत र पाकिस्तान खेल्दैछन् ।

फाइनल खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ । पाकिस्तान पहिलो पटक उमेर समूहको प्रतियोगितामा फाइनलमा पुगेको हो ।

सेमिफाइनलमा पाकिस्तानले भुटानलाई र भारतले नेपाललाई हराएको थियो । १९ वर्षमुनिको साफ च्याम्पियनसिप असोज ४ गते बिहीवारदेखि काठमाण्डौमा शुरु भएको थियो ।

प्रतियोगितामा आयोजक नेपालसहित ६ टोली पाकिस्तान, श्रीलङ्का, भारत, बङ्लादेश र माल्दिभ्स सहभागी थिए ।

Loading...