कैलालीको अत्तरियाबाट खैरो हेरोईन सहित ३ युवक पक्राउ

अत्तरिया : कैलालीको अत्तरियाबाट लागूऔषध खैरो हेरोइन सहित ३ युवक पक्राउ परेका छन । मंगलबार गोदावरी नगरपालिका-१ धनगढी रोड कृष्ण मार्केट गेट नजिकै पैदल हिंडिरहेका ३ युवकलाई चेकजाँच गर्दा लागु औषध खैरो हेरोइन बरामद गरिएको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका-३ मिलन चोकका रोहन घिमिरे, डोटीको दिपायल एयरपोर्ट बस्ने ललित नाथ र सोही ठाउँका रोशन खड्कालाई पक्राउ गरेको छ ।

तिनै जना युवाहरुलाई शंका लागि चेकजांच गर्दा खैरो रङ्गको झोलाको खल्तीमा कालो पलाष्टिकले बेरेको अवस्थामा १ दशमलव १०० लागूऔषध खैरो हिरोइन बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

सोही झोलाबाट प्रहरीले लागुऔषध नाईट्राभेट ट्याब्लेट ७ थान र मोबाईल २ थान बरामद गरेको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Nabadurga Sunchadi
Loading...