अत्तरिया : कैलालीको गोदावरीमा अत्याधुनिक स्तरको स्वास्थ्य आपुर्ती केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
सेभ द चिण्ड्रेन र सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा नगरपालिकाको वडा नम्बर ५ गेटा मेडिकल कलेजको पछाडी बिजौरामा अत्याधुनिक स्तरको स्वास्थ्य आपुर्ती केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।
३ करोड २३ लाख ५६ हजार १०२ रुपैयाँको हाईटेक डेभलपर्स प्रा.लि. सँग निर्माणको लागि ठेक्का सम्झौता भएको र अहिले सिभिल संरचानको निर्माणको ७५ ५ काम अगाढी बढेको सेभ द चिल्ड्रेनका कन्ट्रसन म्यानेजर आनन्द सापकोटाले जानकारी दिएका छन् ।
सुदूरपश्चिमका लागि आवश्यक पर्ने औषधि, ईन्जेक्सन, लगायतको भण्डारणका लागि उक्त भवन अति आवश्यक रहेको र अहिले निर्माणको काम द्रुत गतिमा अगाढी बढेको सुदूरपश्चिम स्वास्थ्य आपुर्ती केन्द्रका निमित्त निर्देशक डा.निरज अर्यालले बताएका छन ।
स्टिल फ्रेम स्टक्चर भवन निर्माणका लागि सम्झौता भएको ६४औं दिनमा नै ७५ ५ सिभिल सम्बन्धि काम सम्पन्न गर्न सफल भएको र सम्झौता अबधि असार मसान्त सम्म निर्माणको काम सम्पन्न गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी रहेको कन्सलटेन्स साईट ईन्जिनियर प्रकाश बहादुर सिंहले बताएका छन ।
निर्माण भईरहेको अत्याधुनिक स्तरको स्वास्थ्य आपुर्ती केन्द्रको मंगलबार गोदावरी नगरपालिकाकी नगर उप प्रमुख शारदा देवी रोकाया, प्रमुख प्रशासकिय प्रमुख हरि दत्त भट्ट, स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थी प्रदेशका प्रतिनिधि, सेभ द चिल्ड्रेनका प्रतिनिधिको उपस्थितिमा अनुगमन तथा निरिक्षण गरिएको छ ।
