कैलाली : कैलालीमा हावाहुरी संगै भारि बर्षा भएको छ । मौसममा आएको एक्कासी परिवर्तनपछि हावाहुरीसंगै भारिबार्षा भएको हो ।
किसानले धानबाली भित्र्याईरहेका बेला मौसमा एक्कासी परिवर्तनसंगै वर्षा भएपछि किसानहरु चिन्तित बनेका छन् ।
किसानहरुले अहिले धानबालि भित्रर्याईरहेका छन् । पाकेको धानबाली भित्र्याउनेबेला भएको बर्षाले किसानहरु चिन्तित बनेका हुन् । बिहानै देखि धानबाली समेट्न खेतमा व्यस्त किसानहरुलाई बर्षाले निरास बनाएको छ ।
वर्षभरि मेहनत गरेर भित्रयाउनै लागेको धनबाली खेतमै पानिले नोक्सान गरेको भन्दै गोदावरी -३ मालाखेतीका किसान यज्ञ बोहोराले चिन्ता व्यक्त गरे । उनले आज बिहानै देखि खेताला लगाएर धानबालि समेटिरहेको तर एक्कासि मौसममा परिवर्तनसंगै परेको पानिले भित्र्याउन लागिरहेको सबै धानबाली नोक्सान गरेको उनले बताए ।
केहि किसानहरुले धानबाली भित्र्याएको भए पनि धेरै जसो बाली भित्र्याउन बाँकी किसान भने चिन्तित बनेका छन् ।
