कैलालीको अत्तरियाबाट लागूऔषध सहित एक युवक पक्राउ

अत्तरिया : कैलालीको अत्तरियाबाट लागूऔषध सहित एक युवक पक्राउ परेका छन । आज (शुक्रबार) गोदावरी नगरपालिका-२ अत्तरिया स्थित लोटस गल्लीबाट लागूऔषध सहित कृष्णपुर नगरपालिका-५ गुलरियाका ३५ वर्षीइ राजेश सुनार पक्राउ परेका हुन ।

इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले हिडिरहेका उनीमाथी संका लागी चेकजांच गर्दा उनले लगाएको जिन्स पाईन्टको खल्तीमा कालो पलाष्टिकले बेरेको १५ पुडिया लागु औषध खैरो हेरोईन जस्तो धुलो पदार्थ २.९२० मिलिग्राम फेला पारेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

Nabadurga Sunchadi
Loading...