दार्चुलामा ढुङ्गा लागेर एक डाक्टर घाइते

दार्चुला: दार्चुलामा सडकमाथिबाट आएको ढुङ्गा लागेर एक डाक्टर घाईते भएका छन् । जिल्ला अस्पताल दार्चुमा कार्यरत २६ वर्षीय डाक्टर राजेश अवस्थी घाइते भएका हुन् ।

मालिकार्जुन गाउँपालिका-८ स्याउँलेमा जिल्ला अस्पताल दार्चुलाबाट गोकुलेश्वरतर्फ औषधी बोकेर जाँदै गरेको गाडीमा सडकमाथिबाट आएको ढुङ्गा लागेर गाडीमा सवार रहेका डाक्टर अवस्थी घाइते भएका हुन् ।

उनको घाँटीमा चोट लागेको छ । उनलाई थप उपचारकालागि डडेल्धुरा पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । गाडी चालक धनसिं विष्ट भने सकुशल रहेका छन् ।

Nabadurga Sunchadi
Loading...