अत्तरिया : कैलालीको अत्तरिया बजार सरसफाई गर्न व्यावसायीलाई विद्यार्थीको पत्र वितरण गरेका छन् । गोदावरी नगरपालिका-२ अत्तरियामा रहेको दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयका विद्यार्थीहरुले अत्तरिया बजार सरसफाईमा व्यवस्थापन गर्न पत्र वितरण गरेका हुन् ।
विद्यालयमा अध्यनरत विद्यार्थीहरुले ‘मेरो नगर म आफै सफा गर्छु’ ‘सुन्दर नगर-हाम्रो कल्पना, तपाइको साथ–हाम्रो चाहना’ भन्ने नाराका साथ अत्तरिया बजारका व्यवसायीहरुलाई शनिवार सरसफाई सम्बन्धी ६ बुँदे पालन उल्लेख भएको पत्र वितरण गरेका छन् । शनिवार सरसफाई व्यवस्थापन अभियानमा विद्यालयमा अध्यनरत कक्षा ७ र ९ कक्षाका विद्यार्थीहरु सहभागी भई वितरण गरेका थिए ।
सरसफाई व्यवस्थापन अभियानमा सहभागी विद्यार्थीहरुले सरसफाई व्यवस्थापन पालना गर्नुपर्ने सम्बन्धी पत्रमा लेखिएको छ ।
मेरो नगर म आफै सफा गर्छु, सुन्दर नगर-हाम्रो कल्पना,तपाईको साथ हाम्रो चाहना’ भन्ने मुल नारालाई आत्मसाथ गरिएको पत्रमा विद्यार्थीहरुले ६ वटा बुदाँको पालना गर्न व्यापारीहरुलाई प्रतिबद्ध गराएका थिए ।
पत्रमा दिईएका बुदाँहरुमा हामी हाम्रो नगर सधै सफा राख्न प्रतिबद्ध बनौ, आफ्नो घरआगनको फोहरमैला आफै सफा गरौँ, फोहोरमैलालाई वर्गिकरण गरेर व्यवस्थापन गरौँ, सार्वजनिक फोहोरमैला सामुहिक रुपले व्यवस्थापन गरौँ, यो नगर मेरो हो भन्ने धारणा राखौँ र आ-आफ्नो घर÷पसलको फोहोर सुरक्षित राखौँ रहेका छन । पत्रमा विद्यार्थीहरुले अत्तरिया बजारका व्यवसायीहरुबाट सरसफाई व्यवस्थापन गर्ने समर्थन सँगै हस्ताक्षेर समेत गराएका थिए ।
अभियानमा गोदावरी नगरपालिका नगरप्रमुख वीरेन्द्र भट्टले समेत विद्यार्थीहरुले गरेको अभियानमा समर्थन जनाए सँगै पत्रमा हस्ताक्षर गरेका थिए । अभियानमा नगरप्रमुख विरेन्द्र भट्टले विद्यार्थीहरुको पत्रमा हस्ताक्षर गर्दै बजारमा प्लाष्टिक जन्य फोहोर नगर्न नगरपालिकाले अभियान नै थालेको बताए । उनले दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयले चालेको कदम एकदमै राम्रो भएको र यसमा नगरको साथ र सहयोग सदैव रहने बताए ।
