दार्चुला : दार्चुलामा खोलाले बगाउदा बेपत्ता भएका २ जना मृत भेटिएका छन । खोला तर्ने क्रममा बेपत्ता भएका जिल्लाको मार्मा गाउँपालिकाका २५ वर्षीया झुपा टमटा र ६ वर्षीय ऐन विक सोमबार बिहान मृत फेला परेका हुन ।
आइतबार साँझ मुरैस्थित गन्याड खोला तर्ने क्रममा खोलाले बगाउदा उनिहरु दुबै जना बेपत्ता भएका थिए । उनीहरू दुवैको नातामा काकी भतिजा हुन ।
भिरालो ठाउँमा माथिबाट ढुंगामाटोसहित आएको खोलाको भेलले उनीहरूलाई बगाएको बताइएको छ । उनीहरूलाई खोज्दै जाँदा २ सय मिटर तल बासखोलामा मृत भेटिएको र अहिले पोस्टमार्टम भइरहेको प्रहरीले जनाएको छ ।
