अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-११ मा रहेको सरस्वती माध्यमिक बिद्यालयले स्वास्थ्य चौकी र गौडी बजारमा सरसफाई गरेको छ।
आज गणतन्त्र दिवसको अवसर पारेर बिद्यालयले वडामा रहेको गोदावरी स्वास्थ्य चौकी र गौडी बजार चोकमा सरसफाई गरेको हो ।
सरसफाई कार्यक्रममा बिद्यालयमा गठित सृजनशिल बाल क्लब र गोदावरी अस्थाई प्रहरी चौकीका प्रहरीको सहभागिता रहेको बिद्यालयका प्रध्यानाध्यापक राम बहादुर पार्कीले बताए ।
‘प्रदुषण भित्र होस् या बाहिर हानिकारक नै हुन्छ’ भन्ने मुल नाराका साथ गरिएको सरसफाईमा करिब ९५ जना बिद्यार्थीहरुको सहभागिता रहेको उनले बताए ।
