अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ ले आगामी आर्थिक वर्षका लागि ७३ लाख २३ हजारको बजेट सार्वजनिक गरेको छ। वडाले आज आठौं वडा भेलामार्फत नगरबाट आएको बजेट सिलिङ अनुसार वडाको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको हो ।
वडाले पुर्वाधार विकास विकासतर्फ ३३ लाख, सडक कालोपत्रेका लागि २५ लाख, ग्राभेलका लागी ८ लाख रुपैया छुट्याएको छ । यस्तै सामाजिक विकासमा वडाले शिक्षातर्फ ६ लाख, स्वास्थ्य तर्फ १ लाख, धर्म संस्कृतितर्फ २ लाख, युवा महिला तथा बालबालिका कार्यक्रम तर्फ ३ लाख, लक्षित कार्यक्रम तर्फ २ लाख र खानेपानी तर्फ २ लाख रुपैया छुटयाएको छ ।
वडाले आर्थिक विकासमा कृषि सिँचाई तर्फ १० लाख र सिपमुलक तालिमतर्फ १ लाख रुपैया छुट्याएको छ भने वन तथा वातावरणमा विपद् व्यवस्थापन तर्फ वडाले ५० हजार विनियोजीत गरेको छ । वडाले अन्य शिर्षक राख्दै कार्यालय सञ्चालन तर्फ ५ लाख २३ हजार ४६७ रुपैया र मागका आधारतमा ६ लाख ७० हजार रुपैया विनियोजीत गरेको छ ।
यस्तै वडा नम्बर ३ ले चालु आर्थिक वर्षको बैशाख सम्म २१ लाख १२ हजार ५३८ रुपैयाँ राजस्व संकलन गरेको छ । गोदावरीमा हिजोबाट वडा भेला सुरु भएको हो ।
वडा भेलामा बजेट प्रस्तुत गर्दै वडाध्यक्ष तेजराज अवस्थीले संघीय सरकारले नगरपालिकालाई दिने बजेटमा कमी आउँदा वडाको बजेट पनि विगतको तुलनामा कम आएको बताए । उनले नगरले समानिकरणमा सब वडालाई ६० लाख रुपैया छुट्याएको र वडाको आम्दानीको आधारका सुत्रमा आधारित बजेट राखेको उनको भनाई छ ।
