गोदावरी नगरपालिकाले अत्तरिया बजारमा गरेको अनुगमनमा भेटिएका अखाद्य वस्तुहरु नष्ट

अत्तरिया : कैलालीको अत्तरियामा अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तहरु नष्ट गरिएको छ ।

गोदावरी नगरपालिकाले अत्तरिया बजारमा गरेको अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तुहरु सोमबार नष्ट गरेको हो । नगरपालिकाले यही असोज २५ र २६ गते बजारमा अनुगमन गरेको थियो ।

Godawari_Badhi

उक्त नगरउपप्रमुख शारदा रोकायाको उपस्थितिमा नगरपालिकाका कर्मचारी, उपभोक्ता हित संरक्षण कार्यालय धनगढीका कर्मचारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीबाट आएका खाद्य अनुसन्धान अधिकृत, ईलाका प्रहरी कार्यालयका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि र पत्रकारहरुको सहभागीता रहेको थियो ।

अनुगमनका क्रममा फेला परेका म्याद नाघेका वस्तु, प्रतिबन्धीत वस्तुहरु तथा अखाद्य वस्तुहरु नगरपालिकाले सोमबार नष्ट गरेको हो ।

अनुगमनका क्रममा करिब ८ हजार बराबरका अखाद्य वस्तुहरु बरामद गरिएको नगरउपप्रमुख शारदा रोकायाले बताईन ।

उक्त अखाद्य वस्तुहरु सबैको रहोबरमा नष्ट गरिएको उनले बताईन ।

Dhn Upamahanagarpalika_Badhi
Loading...