अत्तरिया : नेपाल तरुण दल गोदावरी नगर कार्यसमितिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । आज १७औं गणतन्त्र दिवसको अवसर पारी रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
गर्मी मौसममा बढी जसो रोगहरु देखा पर्ने र रगतको अभाव हुने समस्यालाई मध्यनजर गर्दै गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको नेपाल तरुण दल गोदावरी नगरकार्य समितिका सभापति रमेश भट्टराईले बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी धनगढीको सहकार्य रहेको थियो ।
रक्तदान कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट, नेपाली कांग्रेस क्षेत्र नम्बर ४ कैलालीका क्षेत्रिय सभापति ललित रोकाया,गोदावरी १० का वडाध्यक्ष रबिन्द्र शाही (गुड्डु) लगायत व्यापारी, स्थानियबासीहरुको सहभागिता रहेको थियो ।
यस्तै रक्तदान कार्यक्रमहरुमा धेरै पटक रक्तदान गर्ने धनगढीका पत्रकार दिपक उपाध्याय र नेपाल रेडक्रस सोसाईटी उपशाखा अत्तरियाका पुर्व अध्यक्ष शेर सिँह खड्कालाई सम्मान पत्र सहित सम्मान गरिएको छ ।
