केएमसी धनगढीमा अध्ययनरत एक छात्राको निधन, भोलि शोक बिदा

धनगढी : कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत एक छात्राको कलिलै उमेरमा निधन भएको छ । बिएड चौथो वर्षमा अध्ययनरत माया चौधरीको सोमबार निधन भएको हो ।

उपचारका क्रममा काठमाडौंमा निधन भएको परिवारका सदस्यले बताएका छन् । उनी केही समयदेखि स्वास्थ्य समस्याबाट ग्रसित थिइन् ।

आज एक सूचना मार्फत उनको निधनप्रति स्ववियु र क्याम्पस परिवारले शोक व्यक्त गदै १६ गते क्याम्पस बन्द रहने तथा पूर्व निर्धारित परिक्षा भने सञ्चालन हुने बताईएको छ ।

Nabadurga Sunchadi
Loading...