कञ्चनपुरमा तालमा डुबेर एक युवक बेपत्ता

कञ्चनपुर : कञ्चनपुरमा तालमा डुबेर मंगलबार एक युवक बेपत्ता भएका छन ।

जिल्लाको शुक्लाफाटा नगरपालिका-८ स्थित बतासे झर्ना तालमा नुहाउने क्रममा २१ वर्षीय सरोज टमाटा बेपत्ता भएका हुन् ।

तालमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका  उनको खोजी कार्य भैरहेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

Nabadurga Sunchadi
Loading...