गोदावरी-४ ले सार्वजनिक गर्यो आगामी आवका लागि ८३ लाख ८३ हजार बजेट

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ ले आगामी आर्थिक वर्षका लागि ८३ लाख ८३ हजार ७९० को बजेट सार्वजनिक गरेको छ ।

मंगलबार वडा भेलामार्फत वडाले समानिकरणतर्फ ६० लाख र सुत्रमा आधारित बजेट २३ लाख ८३ हजार ९७० रुपैँया बराबरको बजेट सार्वजनिक गरेको हो ।

वडाध्यक्ष हेम प्रकास मल्लको अध्यक्षतामा आयोजित वडा भेला कार्यक्रममा नगर प्रमुख विरेन्द्र भट्ट प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा उपप्रमुख शारदा देवी रोकाया, बिभिन्न वडाका वडा अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, संघसस्थाका प्रतिनिधि, वडाबासी लगायतको सहभागिता रहेको थियो ।

गोदावरी नगरपालिकाले सोमबार देखि बाट वडा भेला सुरु गरेको हो ।

Nabadurga Sunchadi
Loading...