धनगढी : धनगढीको सेती प्रादेशिक अस्पतालमा एक नवजात शिशुको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका-७ की सारदा भट्टको नवजात शिशुको सेती अस्पतालमा मृत्यु भएको हो ।
सुत्केरी अवस्थामा अस्पताल पुगेकी भट्टलाई मङ्गलवार साढे ८ बजे राति भर्ना गरिएको थियो । भट्टले शल्यक्रिया बिना नै शिशुलाई जन्म दिएको भएपनि राति पौने १ बजे शिशुको मृत्यु भएको अस्पतालले जानकारी दिएको आफन्तले बताएका छन ।
आफन्तहरूले अस्पतालका चिकित्सकको लापरबाहीका कारण शिशुको मृत्यु भएको आरोप लगाएका छन् । यता अस्पतालले शिशुको मृत्यु हुनुको कारण खुलाएको छैन । अस्पतालमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ ।
