गोदावरी नगरपालिकाद्धारा गहुँको बीउ वितरण गरिने

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा अनुदानमा गहुँको बीउ वितरण गरिने भएको छ ।

नगरपालिकाले बार्षिक स्विकृत कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गर्न लागको हो ।

गहुँको बीउ अनुदानमा पाउनको लागि कार्तिक १३ गते भित्र नगरपालिकाको कृषि शाखामा निवेदन दिन किसानहरुलाई आग्रह गरिएको प्रमेख प्रशासकीय अधिकृत हरिदत्त भट्टले बताएका छन ।

नगरपालिकाले गत आर्थिक बर्षमा पनि किसानहरुलाई गहुँको बीउ विरतण गरेको थियो ।

नगरपालिकाले यस पटक गहुँको बीउ पाउनको लागि गत आर्थिक बर्षमा पाएको गहुँको परिणाम निवेदनका साथ पेश गर्न आग्रह गरेको छ ।

Dhangadhi 2081
Loading...