गोदावरी-६ को वडा भेला सम्पन्न, ७२ लाख २० हजार बजेट सार्वजनिक

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ ले आगामी आर्थिक वर्षका लागि ७२ लाख २० हजारको बजेट सार्वजनिक गरेको छ। आज (बुधबार) वडा कार्यालयले वडा भेलाको आयोजना गर्दै आगामी आर्थिक वर्षका लागि ७२ लाख २० हजार ४ सय ५१ रुपैया बजेट सार्वजनिक गरेको हो ।

वडाभेलामा बजेट प्रस्तुत गर्दै वडाध्यक्ष जग्गुराम चौधरीले समानिकरणमा ६० लाख र सुत्रमा आधारित १२ लाख २० हजार ४ सय ५१ रुपैया ८९ पैसा बजेट रहेको बताए ।

उनले आर्थिक विकास तर्फ २२ लाख बजेट विनियोजन गरेको बताए । उक्त बजेटले कृषि, सिँचाई, व्यवसायिक कृषि प्रणालीका कार्यक्रमहरु, बेरोजगार युवा लक्षित कार्यक्रमहरु, गरिब विपन्न तथा निम्न आय स्रोतका वर्गहरुका लागि कार्यक्रमहरु, दलित,महिला,बालबालिका तथा बिभिन्न तवरले अशक्त व्यक्तिहरुका लागि प्रत्यक्ष लाभपुग्ने खालका योजना तथा कार्यक्रमहरुमा खर्च गरिने बताईएको छ ।

यस्तै सामाजिक विकास तर्फ १० विनियोजन गरेको छ । जुन शिक्षा, स्वास्थ्य, धर्म संस्कृति जगेर्ना संरक्षण, जनचेतना मुलक कार्यक्रम, महिला, बालबालिका तथा समाज कल्याण, संरक्षण, खानेपानी तथा सरसफाई लगायतका योजनाहरुमा खर्च गरिने बताईएको छ ।

वडाध्यक्ष चौधरीले भौतिक पुर्वाधारका क्षेत्रमा ३० लाख ७० हजार रुपैया बजेट विनियोजन गरिएको बताए । उनले उक्त बजेटले सडक तथा यातायात तर्फ बस्ती स्तरमा सडकको स्तरोन्नती, तटबन्ध, ह्युमपाईप जडान, सडक बत्ती र प्रधानमन्त्री रोजगार कार्यक्रमसंग साझेदारी कार्यक्रममा खर्च गरिने बताए ।

यस्तै वातावरण तथा विपद व्यवस्थान तर्फ ५० हजार र सार्वजनिक सेवा, क्षमता विकास र कार्यालय सञ्चालन तथा व्यवस्थापन तर्फ ९ लाख ४ सय ५१ रुपैया बजेट विनियोजन गरेको वडाध्यक्ष चौधरीले बताए ।

वडा नम्बर ६ ले चालु आर्थिक वर्षको जेठ १४ गते सम्म २४ लाख १९ हजार ९ रुपैयाँ राजस्व संकलन गरेको छ।

वडाध्यक्ष जग्गुराम चौधरीको अध्यक्षतामा आयोजित वडा भेला कार्यक्रममा नगरपालिका उपप्रमुख शारदा देवि रोकाया प्रमुख अतिथी रहेकी थिईन् । कार्यक्रममा नगरप्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष गोपाल दत्त भट्ट, कार्यपालिका सदस्य चन्द्रा भुल लगायत बिभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसस्थाका प्रतिनिधि, वडाबासीहरुको सहभागिता रहेको थियो ।

गोदावरीमा सोमबारबाट शुरु भएको वडा भेला वडा नम्बर १ देखी ६ ले सम्पन्न गरेको छ ।

Nabadurga Sunchadi
Loading...