गोदावरी–७ ले सार्वजनिक गर्यो ६८ लाख ४८ हजार बजेट

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–७ ले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ । बिहीबार वडा कार्यालयले वडा भेलाको आयोजना गर्दै आगामी आर्थिक वर्षका लागि ६८ लाख ४८ हजार ९ सय ६८ रुपैया बजेट सार्वजनिक गरेको हो ।

वडाभेलामा बजेट प्रस्तुत गर्दै वडा अध्यक्ष कलावती साउदले भौतिक पूर्वाधार विकास तर्फ ३४ लाख, सामाजिक विकास तर्फ १५ लाख विनियोजन गरिएको बताईन ।

त्यसै गरी आर्थिक विकास तर्फ १० लाख, वातावरण तथा विपद व्यवस्थापनका लागि १ लाख र सार्वजनिक सेवा तथा संस्थागत क्षमता विकासका लागि ८ लाख ४८ हजार ९६७ बजेट विनियोजन गरिएको वडा अध्यक्ष साउदले बताईन् ।

वडाअध्यक्ष कलावती साउदको अध्यक्षतामा आयोजित वडा भेला कार्यक्रममा नगर प्रमुख विरेन्द्र भट्ट प्रमुख अतिथि रहेका थिए भने कार्यक्रममा उपप्रमुख शारदा देवी रोकाया, विभिन्न वडाका वडा अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, संघसस्थाका प्रतिनिधि तथा वडाबासीको उपस्थिती रहेको थियो ।

Nabadurga Sunchadi
Loading...