अत्तरिया : अत्तरियाको एक होटेलबाट खैरो हिरोइनसहित ५ जना युवक पक्राउ परेका छन् । आज दिउँसो गोदावरी नगरपालिका-२ बसपार्क पहाडरोडस्थित डोटी बैतडी होटेलको कोठामा औषध सेवन गरिरहेको अवस्थामा ५ जना युवक पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार पक्राउ पर्नेमा गोदावरी नगरपालिका-२ अत्तरिया बस्ने ३७ वर्षीय विशाल सिंह कठायत, ३० वर्षीय प्रमोद पनेरु, २१ वर्षीय हिक्मत, गोदावरी-३ बस्ने २७ वर्षीय सन्तोष रावल र बैतडीको पाटन नगरपालिका-७ बस्ने ३० वर्षीय भरतप्रसाद भट्ट रहेका छन् ।
उनीहरुलाई इप्रका मालाखेती र लागुऔषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको बताइएको छ ।
उनीहरुको साथबाट लागुऔषध खैरो हिरोइन जस्तो धुलो पदार्थ ९४० मिलिग्राम बरामद गरिएको र पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
