अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० ले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ । आज वडा कार्यालयले वडा भेलाको आयोजना गर्दै आगामी आर्थिक वर्षका लागि ७१ लाख ८४ हजार ५ सय ८६ रुपैया बजेट सार्वजनिक गरेको हो ।
वडाभेलामा बजेट प्रस्तुत गर्दै वडा सदस्य शेर बहादुर तामाङ्गले भौतिक पूर्वाधार विकास तर्फ ३१ लाख, सामाजिक विकास तर्फ १७ लाख ७५ हजार विनियोजन गरिएको वडा सदस्य तामाङ्गले बताएका छन ।
त्यसै गरी आर्थिक विकास तर्फ ७ लाख, वातावरण तथा विपद व्यवस्थापनका लागि १० लाख ९ हजार ५ सय ८६ रुपैया र सार्वजनिक सेवा तथा संस्थागत क्षमता विकासका लागि ६ लाख बजेट विनियोजन गरिएको छ ।
वडा अध्यक्ष रविन्द्र शाहीको अध्यक्षतामा आयोजित वडा भेला कार्यक्रममा नगर नगरउ पप्रमुख शारदा देवी रोकाया प्रमुख अतिथि रहेकि थिईन् । कार्यक्रममा नगर प्रवक्ता तथा वडा नम्बर १ का वडा अध्यक्ष गोपाल दत्त भट्ट, वडा नं १२ का वडा अध्यक्ष भीम बहादुर खड्का, वडा नं ११ का वडा अध्यक्ष प्रेम सिंह बडैला, वडा नं ३ का वडा अध्यक्ष तेज राज अवस्थी, कार्यपालिका सदस्यहरू लगायत बिभिन्न राजनीतिक दलका प्रतिनिधि, बिभिन्न संघसस्थाका प्रतिनिधि तथा वडाबासीहरूको उपस्थिती रहेको थियो ।
