खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर कञ्चनपुरमा आमा–छोरी घाइते

अत्तरिया :  कञ्चनपुरमा चट्याङ लागेर आमा–छोरी घाइते भएका छन्।

Godawari_Badhi

जिल्लाको बेलौरी नगरपालिका–२ टेडुवाकी ५५ वर्षीया फुतिया चौधरी र उनकी २१ वर्षीया छोरी पुष्पा चौधरी चट्याङ लागेर घाइते भएका हुन।

घाइते दुबै आमा छोरीको धनगढीस्थित निसर्ग हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

आज (सोमबार) खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर दुबै आमा–छोरी घाइते भएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।

Dhn Upamahanagarpalika_Badhi
Loading...