गर्मि बढेपछि गोदावरीका विद्यालयमा २५ गते सम्म विदा

अत्तरिया : अत्याधिक गर्मि बढेपछि कैलालीको गोदावरी नगरपालिकाले छ दिन विद्यालयमा विदा गर्ने निर्णय गरेको छ ।

आज (शुक्रबार) नगरपालिकाले एक सूचना जारि गर्दै २० गते देखि २५ गते सम्म छ दिन नगरमा सञ्चालित बिद्यालयहरुमा बिदा दिने निर्णय गरेको हो ।

‘अत्याधिक गर्मिका कारण बिद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै मिति २०८१/०२/२० गतेदेखि २०८१/०२/२५ गतेसम्म बर्षे विदाबाट मुलान हुने गरी विद्यालयमा विदा गर्नुहुन निर्देशानुसार अनुरोध छ ।’ नगरपालिकाले जारि गरेको सूचनामा भनिएको छ ।

Nabadurga Sunchadi
Loading...