कैलालीको अत्तरियाबाट लागुऔषध सहित एक युवक पक्राउ

अत्तरिया : कैलालीको अत्तरियाबाट लागूऔषध (खैरो हेरोइन) सहित एक युवक पक्राउ परेका छन ।

इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले खैरो हेरोइन सहित गोदावरी नगरपालिका-१ अनामनगरका पारस रोकायालाई पैदल हिडिरहेको अबस्थामा शंका लागी चेकजांच गर्दा पक्राउ गरेको हो ।

शनिबार पक्राउ परेका उनको साथबाट लागु औषध (खैरो हेरोईन) जस्तो धुलो पदार्थ एक ग्राम पाँच सय नब्बे मिलिग्राम बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Nabadurga Sunchadi
Loading...