बेदकोटमा मौलिक रैथाने परिकार प्रदर्शन

कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिकामा मौलिक रैथाने परिकार प्रदर्शन गरिएको छ ।

४३औँ विश्व खाद्य दिवसको अवसरमा कृषि ज्ञान केन्द्र कञ्चनपुरको आयोजनामा बेदकोटको सुन्दरपुरमा प्रदेशका मौलिक रैथाने परिकार प्रदर्शन गरिएको हो ।

कार्यक्रममा सहभागी सरोकारवाला व्यक्तिहरूले स्वास्थ्यका लागि गुणकारी हुने उल्लेख गर्दैै मौलिक रैथानी खाद्य परिकार सेवनमा जोड दिएका छन् ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी जनक सिंहले स्वच्छ र स्वस्थ खाना उपभोग बढाउने उद्देश्यले रैथाने परिकार प्रदर्शन गरिएको बताए ।

Loading...