अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले न्यायिक अधिकारको बारेमा वडातहमा अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले आज (सोमबार) वडा नम्बर १ बाट उक्त अभिमुखीकरण कार्यक्रम सुरु गरेको हो ।
वडाका मेलमिलापकर्ताहरुलाई न्याय सम्पादन र मेलमिलापको बारेमा जानकारी दिन कार्यक्रम आयोजना गरिएको नगरपालिकाकी उपप्रमुख एवम् न्यायिक समिति संयोजक शारदा देवी रोकायाले बताईन । उनले वडाको मेलमिलाप केन्द्र र नगरको न्यायिक समितिले न्याय सम्पादनका लागि के कस्ता कस्ता मुद्धाहरु हेर्न मिल्ने, नमिल्ने अनि कुन मुद्धामा कस्तो किसिमको सजाय छ र त्यसको प्रकृया लगायतका बारेमा जानकारी दिईएको बताईन ।
आज वडा नम्बर १ बाट नगरपालिकाको न्यायिक समितिको आयोजनामा सुरु भएको अभिमुखीकरण कार्यक्रम गोदावरीका १२ ओटै वडामा सञ्चालन हुने सहायक महिला विकास निरीक्षक धना जोशीले बताईन् । उनले न्यायिक अधिकारकै बारेमा कार्यक्रममा छलफल गरिने बताएकी छन् ।
कार्यक्रमको सहजिकरण अधिवक्ता गणेश कडायतले गरिरहेका छन ।
