गोदावरी-२ सालघारी टोलमा निर्माण सम्पन्न कालोपत्रे सडक गुणस्तरिय नै रहेको इन्जिनियर खड्काको दाबि

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-२ सालघारी टोलमा नयाँ निर्माण गरिएको कालोपत्रे गुणस्तरिय रहेको बताईएको छ । केही दिन अघि मात्रै निर्माण सम्पन्न उक्त सडक मापदण्ड विपरित र गुणस्तरहिन भएको स्थानियहरुले आरोप लगाएका थिए । तर गोदावरी नगरपालिकाका इन्जिनियर जनक खड्काले सडकको अनुगमन गरेर आवश्यक चेकजाँच गर्दा सबै गुणस्तरिय भएको दाबि गरेका हुन् ।

आफुहरुले कच्चा पदार्थ र सडकको थिगनेसका लागि टेष्ट गरेको बताउदै उनले टेष्टमा सडकको गुणस्तर राम्रो भेटिएको बताएका छन् । उनले गर्मीका कारण बिटमिन सेट नहुँदा पनि समस्या आएको बताए । प्राविधिकले अनुगमन गरेर थिगनेस (मोटोपना), कच्चा पदार्थहरुको प्रयोग गुणस्तरिय भएकोले ल्याब टेष्ट समेत पास भईसकेको इन्जिनियर जनक खड्काले बताएका छन् । उनले सडक गुणस्तरहिन तरिकाले कालोपत्रे भएको भनेर समाचार र सामाजिक सञ्जनलमा आएपछि मात्रै थाहा पाएको बताएका छन् ।

त्यस्तै सडक मापदण्ड र गुणस्तर रहेको इन्जिनियर र प्राविधिकले चेकजाँच गरेरै बताएका गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले बताए । उनले यदि मापदण्ड र गुणस्तर नपुगेको भए पुर्याउनु पर्ने र यस्ता किसिमका गतिविधि आगामी दिनमा नगर्न इन्जिनियर र प्राविधिकलाई निर्देशन पनि दिएका छन् ।

वडा कार्यालयले गत आर्थिक वर्ष गौरीशंकर टोलदेखि उत्तर तेघरी हुँदै कृष्ण आधारभूत विद्यालय सम्म जाने बाटो अन्तर्गत ५०० मिटर बाटो कालोपत्रे गर्ने भन्दै ५० लाख रुपैयाँ विनियोजित गरेको थियो । उक्त बाटो कालोपत्रेका लागि नगरपालिकाले टेन्डर आह्वान गरेको थियो । उक्त सडकको निर्माण कार्य अत्तरियाको जगदम्बा निर्माण सेवाले गरेको थियो ।

Nabadurga Sunchadi
Loading...