कैलालीमा हावाहुरीले रुख ढल्दा एक बालिकाको मृत्यु

टीकापुर : कैलालीको टीकापुरमा हावाहुरीले रुखको हाँगा खस्दा एक बालिकाको मृत्यु भएको छ ।

टीकापुर नगरपालिका-१ बिशालनगरकी १५ वर्षीया प्याउरी बि.क को बुधवार मृत्यु भएको हो ।

हावाहुरीका कारण घर नजिकै रहेको साजको रुख घरको आगनमा ढलेर उनको गर्धनमा हाँगा लागेर च्यापिएपछि घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

Nabadurga Sunchadi
Loading...