बझाङमा बँदेलको आक्रमणबाट दुई जना घाइते

बझाङ : बझाङमा बँदेलको आक्रमणबाट दुई जना घाइते भएका छन् । जिल्लाको जयपृथ्बी नगरपालिका-६ नैराका १७ वर्षीय सुन्दर आग्री र ६१ वर्षीया खीन्ता आग्री बँदेलको आक्रमणबाट घाइते भएका हुन ।

उनीहरुलाई सोहि पालिकाको ६ नम्बरमा रहेको सशस्त्र ब्यारेक नजिकै जंङ्गलमा गोरुबाख्रा चराइरहेका बेला बँदेलले आक्रमण गरेको थियो ।

आक्रमणबाट घाइते भएका किशोरको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।

महिलालाई भने थप उपचारका लागि जिल्ला अस्पतालले धनगढी रेफर गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

Nabadurga Sunchadi
Loading...