कैलालीका धनबहादुर कर्णाली नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता

धनगढी : कर्णाली नदिमा नुहाउने क्रममा डुबेर एक जना बेपत्ता भएका छन् ।

कैलालीको मोहन्याल गाउँपालिका-४ स्थित प्युठानको स्वर्गद्वारी नगरपालिका-१ जिमरी घर भई हाल कैलालीको मोहन्याल गाउँपालिका-४ कठ्युर मोहन्याल सामुदायीक वनमा खोटो निकाल्ने काम गर्ने ४१ वर्षीय धनबहादुर पुन बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पुन कर्णाली नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको खबर पाएपछि ईलाका प्रहरी कार्यालय पण्डौन कैलालीबाट प्रहरी टोली खटिई खोजतलास भईरहेको छ ।

उनको हालसम्म शव फेला नपरेको प्रहरीले बताएको छ। उनको खोजतलास तथा अनुसन्धान गरिरहेको कैलाली प्रहरीले जनाएको छ ।

Nabadurga Sunchadi
Loading...