कैलालीको गोदावरीका जनस्वास्थ्य निरीक्षक भट्टको उपचारमा आर्थिक समस्या,सहयोगको अपिल

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा कार्यरत जनस्वास्थ्य निरीक्षक कृष्ण भट्टको उपचारमा आर्थिक समस्या भएको छ । फोक्सो र मस्तिष्कमा क्यान्सर देखिएपछि वीर अस्पताल काठमाडौँमा उपचाररत भट्टलाई उपचारका लागि आर्थिक समस्या भएको हो ।

उनको उपचारका लागि धेरै रकम आवश्यक गर्ने भएकाले सहयोगका लागि अपिल गरिएको कृष्णका भाइ गणेश भट्टले बताए । उनले ४ दिन अघि सेतीमा उपचारका लागि जाँदा क्यान्सर देखिएपछि सेतीले काठमाण्डौं पठाएको बताए ।

‘दाइको हातको औला झमझमाउने समस्या थियो । न्युरो सम्बन्धी समस्या हो की भनेर सेतीमा उपचार गर्न गएका थियौ’ उनले भने ‘सेतीमा एमआरआई गर्दा ब्रेनमा धब्बा देखियो । त्यसपछि चेस्टको सिटी स्केन गराउँदा क्यान्सरको लक्षण देखिएपछि सेतीले काठमाण्डौं पठाएको थियो ।’

भट्ट हाटखोलीमा रहेका सहरी स्वास्थ्य क्लिनिकमा कार्यरत छन् । उनले सेतीमा क्यान्सर भएको पुष्टि भए पनि कुन स्टेजको क्यान्सर हो भन्ने परीक्षण गर्नको लागि नेपाल क्यान्सर अस्पतालमा स्याम्पल छोडेको बताए । उनले रिपोर्ट आउन ४/५ दिन लाग्ने बताए । उनले उपचारमा धेरै खर्च लाग्ने भएकाले अहिले सहकर्मी तथा साथीहरूले उपचारका लागि सहयोग सङ्कलन गर्न थालेको बताए ।

स्वास्थ्यका कर्मचारीहरुले तलब नपाएको ७ महिना हुदा सामान्य उपचार गर्न पनि समस्या भएका बेला जटिल रोग देखिएपछि उपचारका लागि सहयोगको अपिल गरेको उनले बताए ।

उनले उपचारका लागि ४० लाख सम्म खर्च लाग्ने भएकाले अहिले देखि सहयोग रकम जुटाउन लागेको बताएका छन् । उनले सहयोग गर्न चाहनेले एनआईसि एसिया बैंकको खाता नम्बर ९५५७०४१७८०७५२४०१ र लक्ष्मी बैंकको खाता नम्बर ०७७०६०००० र ई सेवाको ९८४८२५००७५ नम्बरमा सहयोग गरिदिन आग्रह गरेका छन् ।

Nabadurga Sunchadi
Loading...