कैलालीबाट विभिन्न मुद्दाका ४ फरार प्रतिवादी पक्राउ

धनगढीः कैलालीबाट विभिन्न मुद्दाका ४ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हातहतियार खरखजाना मुद्दामा २ महिना २६ दिन कैद सजाय र ५ हजार जरिवाना तोकिएको मोहन्याल गाउँपालिका-७ कुईने बस्ने ५७ वर्षीय कर्णबहादुर कामी, चेक अनादर मुद्दामा २ हजार जरिवाना तोकिएको टीकापुर नगरपालिका-२ बस्ने ३३ वर्षीया बेला शाही थापा, ज्यान मुद्दामा २ वर्ष ११ महिना ११ दिन कैद सजाय र ३२ हजार जरिवाना तोकिएको लम्की चुहा नगरपालिका-१ का २६ वर्षीय राजन चौधरी र लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएको लम्कीचुहा नगरपालिका-१ कै ४८ वर्षीय सुरेश शाही रहेका छन् ।

जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरीवाना ठहर गरेपछि फरार रहेका चारै जनालाई बिहीवार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।

Nabadurga Sunchadi
Loading...