अत्तरिया : कैलालीको गोदावरीमा एक युवकको नदीमा डुबेर मृत्यु भएको छ । प्रहरीका अनुसार गोदावरी नगरपालिका-८ मा रहेको कालाखोला भन्ने स्थानमा नदीमा डुबेर अन्दाजी २६ वर्षीय प्रतीक पन्तको मृत्यु भएको हो ।
डडेल्धुराको अमरगढी नगरपालिका-२ कारीगाउँका उनको शुक्रबार दिउँसो साथीहरुसँग ६ जनाको समूहमा नुहाउन गएका बेला डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।
प्रहरीले उनको शव नदीबाट निकालिसकिएको र आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
