बैतडी : दार्चुलाका एक पुरुष बैतडीमा मृत अवस्थामा फेला परेका छन् ।
बैतडीको डिलासैनि गाउँपालिका-६ बाङ्गाबगर स्थित सतबाँज गोकुले सडक खण्डबाट अन्दाजी २० मिटर टाढा दार्चुलाको लेकम गाउँपालिका-१ बित्थड बस्ने ५५ वर्षीय तिखुरे खत्री मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपक गिरीले बताए ।
खत्री पानीको खाल्टोमा मृत अवस्थामा फेला परेको गिरीले जानकारी दिए । यस सम्बन्धमा इलाका प्रहरी कार्यालय पाटन बैतडीबाट आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।
