डोटीमा खानेपानीको गोदाम घरमा आगलागी

डोटी : डोटीमा खानेपानीको गोदाम घरमा आगलागी भएको छ ।

दिपायल सिलगढी नगरपालिका-६ मा रहेको सिलगढी खानेपानी तथा उपभोक्ता सरसफाइ समितिको गोदाम घरमा गएराति करिब १२ बजेतिर आगलागी भएको हो ।

आगलागीबाट गोदाम घर र स्टोर गरेर राखिएको प्लास्टिकको पाइप जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । साथै सोही ठाउँमा पार्किङ गरेर राखिएको मोटरसाइकलसमेत जलेर नष्ट भएको छ ।

क्षतिको विवरण सङ्कलन भइरहेको डोटी प्रहरीले जनाएको छ । आगलागीको कारण पनि नखुलेको प्रहरीको भनाई छ ।

Dhn_Laingik Hinsa 2082
Loading...