अनैतिक क्रियाकलापमा संलग्न २ जना पक्राउ

अत्तरिया : कैलालीको धनगढीबाट अनैतिक क्रियाकलापमा संलग्न २ जना पक्राउ परेका छन । शुक्रबार प्रहरीले धनगढी उप-महानगरपालिका-२ मिलनचोक स्थित रारा होटेलबाट अनैतिक क्रियाकलापमा संलग्न २ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले होटेलमा शंका लागि चेकजाँच गर्दा होटल साहु कञ्चनपुरको कृष्णपुर नगरपालिका-४ का ३३ वर्षीय नरेश ऐर र डडेल्धुरा अमरगढी नगरपालिकाकी २५ वर्षीय गिता केसी पक्राउ परेको जनाएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासत कक्षमा राखिएको प्रहरीको भनाइ छ ।

Nabadurga Sunchadi
Loading...